काठमाडौं – अश्लील गीत गाएको आरोपमा बिहीबार बिहान चर्चित र्यापर समिर घिसिङ (भिटेन) पक्राउ परेका छन् । ‘हामी यस्तै त हो नि ब्रो’ गीतबाट पछिल्लो समय निकै चर्चामा आएका भिटेनलाई महानगरीय अपराध महाशाखाले जावलाखेलबाट पक्राउ गरेको जनाइएको छ । उनलाई ‘हामी यस्तै त हो नि ब्रो’ गीतमा अश्लील शब्द प्रयोग गरेको र एक तस्बिरका कारण पक्राउ गरिएको जनाइएको छ । केहि समय अघि उनले शेयर गरेको तस्बिरमा उनले प्रहरीको पोशाकमा गाँजा केलाउदै चुरोट तानिरहेका छन् । यसै तस्बिरका कारण भिटेन आज पक्राउ परेका हुन् ।
केही दिनअघि मात्र तिहारको गीतमा गाँजा र रक्सी प्रमोट गरेको भन्दै प्रहरीले दुर्गेश थापालाई पक्राउ गरेको थियो । उनले सो गीत युट्युबबाट हटाउने सहमति जनाएपछि उनी रिहा भएका थिए । सो गीतमा गाँजा र रक्सीको शब्दमा बिप गरेर थापाले पुनः युट्युबमा राखेका छन् ।दुर्गेश थापालाई पक्राउ गरेपछि प्रहरीले भिटेनलाई पनि खोजिरहेको थियो ।
प्रतिक्रिया