श्रावण २८, २०७९ शनिबार | Sat Aug 13 2022

हेर्नुहोस् भिडियोमा देखियो नायिका वर्षा सिवाकोटीको यस्तो अन्तरंग दृश्य



काठमाडौं – नेपाली चलचित्र क्षेत्रकी निकै चर्चित अभिनेत्री हुन् वर्षा सिवाकोटी । धेरैजसो आफ्नो अफेयर र फटोसुटका कारण चर्चामा आइरहने अभिनेत्री वर्षा सिवाकोटी पछिल्लो समय  एउटा म्युजिक भिडियोलाई लिएर चर्चामा छिन्। फिल्मसँगै म्युजिक भिडियोमा पनि देखिने गरेकी अभिनेत्री वर्षा सिवाकोटीका अहिलेसम्मकै ग्ल्यामर भिडियो सार्वजनिक भएको छ । तिहार लगत्तै रिलिज हुने तयारीमा रहेका गायक प्रमोद राज न्यौपानेको नयाँ गीत ‘मायालु तिमी मेरी हौ’ मा उनी निकै ग्ल्यामर लुक्समा देखिएकी छिन् ।

उक्त गीतको भिडियोमा उनी  मोडल भिजु पार्कीसँग ग्ल्यामर लुक्समा देखिएकी हुन् । उक्त भिडियोमा अभिनेत्री बर्षा शिवाकोटी र मोडल भिजु पार्कीका अन्तरंग दृश्य देखिएको छ । यस गीतको सुटिङ पछी उनी अमेरीका गएकी हुन् । अमेरिका पुगेकी उनले आफ्ना नयाँ तस्बिर पनि सामाजिक सञ्जालमा शेयर गरेकी छिन् । उनी आफ्ना प्रेमी सविनजंग थापालाई भेट्न अमेरिका पुगेकी हुन् ।

प्रकाशित मिति : कार्तिक ७, २०७६ बिहीबार  ५ : २० बजे