श्रावण २८, २०७९ शनिबार | Sat Aug 13 2022

‘छ माया छपक्कै’ हेर्न परिवारसहित हलमा पुगे गगन थापा 



काठमाडौं – अहिले हास्यकलाकार दिपकराज गिरी र केकी अधिकारीको चलचित्र ‘छ माया छपक्कै’ देशभरका हलहरुमा प्रदर्शन भइरहेको छ । दीपेन्द्र लामाले निर्देशन गरेको  चलचित्र ‘छ माया छपक्कै’ दर्शकहरुले निकै मनपराएका छन् । पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराई, सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित, पूर्व अर्थमन्त्री वर्षमान पुन, सांसद कोमल वली, समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराई लगायतका नेता तथा कलाकारहरुले पनि चलचित्र ‘छ माया छपक्कै’ हेरिसकेका छन् ।

यसैक्रममा नेपाली कांग्रेसका युवा नेता गगन थापा पनि आफ्नो परिवारसहित चलचित्र ‘छ माया छपक्कै’ हेर्न बुधबार हलसम्म पुगेका थिए । चलचित्र ‘छ माया छपक्कै’ हेरिसकेपछी नेता थापा चलचित्र ‘छ माया छपक्कै’ निकै राम्रो रहेको प्रतिक्रिया दिएका छन् । उनले आफ्नो फेसबुकमा हामी तिनै पुस्तालाई चलचित्र खुब मन पर्‍यो भन्दै लेखेका छन् । साथै उनले स्टाटसमा नायिका केकी अधिकारी र रीमा विश्वकर्मा संगको भेटले बेग्लै रमाइलो भएको बताएका छन् । 

  

प्रकाशित मिति : कार्तिक ७, २०७६ बिहीबार  ३ : ५१ बजे