श्रावण २८, २०७९ शनिबार | Sat Aug 13 2022

यस्तो बन्यो सलमान खानको बहुप्रतीक्षित \’दबंग ३\’ को ट्रेलर (भिडियो)



एजेन्सी – बलिउड अभिनेता सलमान खान अभिनित फिल्म 'दबंग ३' को ट्रेलर सार्वजिक भएको छ।  डिसेम्बर २० मा रिलिज हुने तयारीमा रहेको यस फिल्मको ट्रेलर बुधबार साँझ सार्वजनिक भएको हो । ट्रेलरमा सलमानलाई एक्सन अवतारमा देखाइएको छ । अभिनेता सलमान खान फिल्ममा फेरि एकपटक चुलबुल पाण्डेको भूमिकामा देखिएका छन् । 

केहि दिन अघि सार्वजनिक भएको यस फिल्मको मोसन पोस्टर पनि  दर्शकले निकै रुचाएका थिए । यस फिल्ममा सलमानको पत्नीको भूमिका सोनाक्षी सिन्हाले निभाएकी छिन् । यस फिल्ममा सलमानले चुलबुल पाण्डेको युवा अवस्था र वयस्क अवस्थाको भूमिका निर्वाह गरेका छन् । यस फिल्मलाई प्रभु देवाले निर्देशन गरेका छन् । धेरै दर्शक अहिले फिल्म ‘दबंग ३’ को पर्खाइमा छन् । 
 

प्रकाशित मिति : कार्तिक ७, २०७६ बिहीबार  ३ : ३५ बजे