श्रावण २८, २०७९ शनिबार | Sat Aug 13 2022

मेलिना राईको \’खोली दोभान\’मा केकी अधिकारी र ऋषि राम धमलाको दमदार अभिनय (भिडियो)



काठमाडौं – चर्चित गायिका मेलिना राई र गायक ऋषि राम धमलाको नयाँ गीत बजारमा आएको छ । गायिका मेलिना राई र गायक ऋषि राम धमलाको सुमधुर स्वरमा खोली दोभान बोलको गीत सोमबार सार्वजनिक भएको हो । यस गीतलाई ओएसआर डिजिटलको युटयुबबाट सार्वजनिक गरिएको हो ।

गीतमा ऋषि राम धमलाको शब्द र   दिपक अधिकारीको संगित रहेको छ । गीतलाइ शिव बि।क।ले एरेंज गरेका हुन् । गीतको भिडियोलाई अजय रेग्मीले छायाँकन, शिव बि।कले निर्देशन र  पदम सुवेदीले संपादन गरेका हुन् । गीतको भिडियोमा नायिका केकी अधिकारी र ऋषि राम धमलाको दमदार अभिनय रहेको छ ।  
 

प्रकाशित मिति : कार्तिक ६, २०७६ बुधबार  ८ : ५१ बजे