जेठ १४, २०७९ शनिबार | Sat May 28 2022

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तरकारीदेखि भैंसी किन्दासम्म क्यास प्रयोग भएन भने मात्र डिजिटल बैंकिंगमा सफलता पाईन्छ



काठमाडौ । कोभिड-१९ का कारण नेपाली वित्तीय संस्थाहरु डिजिटल तर्फ लम्किएका छन् । अहिले वित्तीय संस्थाहरु बीच डिजिटल बैंकिंगमा कसले बढि प्रभावकारी प्रोडक्ट ल्याउने भन्नेमा कडा प्रतिस्पर्धा चलिरहेको छ । यहि प्रतिस्पर्धामा नविल बैंक पनि अग्रपंक्तिमा कुदिरहेको छ तर नविल बैंकलाई चुनौती पनि बढी नै छ ।

नविल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले डिजिटल बैंकिंगमा नै अब वित्तीय संस्थाहरुको भविष्य अडिएको बताएका छन् । हरेक देशमा कुनै न कुनै कारणले डिजिटल बैंकिंगको प्रयोग बढ्ने गरेकोले नेपालका लागि कोभिड-१९ कोशेढुंगा भएको बैंकर शाहको ठम्याई रहेको छ । कोभिडका कारण बैंकिंग क्रियाकलाप गर्न सहज र सुरक्षित भनेको डिजिटल बैंकिंग एक मात्र तरिका थियो जसका कारण अहिले डिजिटल बैंकिंग नेपालमा छोटो समय मै फस्टाएको अनिल शाहको भनाई रहेको छ ।

क्यानडा नेपालसंगको कुराकानीमा बैंकर शाहले भने, “अब नेपालका बैंकहरुले डिजिटल तर्फ आफूलाई पूर्ण रुपमा ढल्काएनन् भने धेरैपछि पर्ने देखेको छु । कोभिडका कारण नेपाली जनताहरु अहिले डिजिटल बैंकिंग तर्फ आकर्षित भएको पाएको छु र यो वेभलाई जुन बैंकले पकड्छ उही नै अघि बढ्न सक्छ । नत्र म नेपालको नंबर वान बैंक भनेर डिजिटल बैंकिंगको वेभ पकड्न सकेन भने एक दुई वर्ष मै धेरैपछि परिने समय आईसकेको छ ।”

“डिजिटल बैंकिंगको सुरुवात मात्र होईन अहिले बैंकहरु बीच प्रतिस्पर्धा पनि बढ्दो भएको छ । तर डिजिटल बैंकिंगको चुनौती पनि उत्तिकै छ । नविल बैंकले अहिले आफ्नो आगामी योजनाहरु मध्य मुख्य डिजिटल बैंकिंगलाई कसरी प्रभावकारी बनाउने भन्ने तर्फ लगेका छ । हाम्रो लक्ष्य भनेको हरेक नेपालीले तरकारी किन्दादेखि हाट बजारमा भैंसी किन्दा सम्म क्यास प्रयोग नगरेर डिजिटल पेमेन्ट प्रयोग गरुन भन्ने हो । यदि यो गर्न सके मात्र डिजिटल बैंकिंगमा सफलता पाएको भन्न सकिन्छ ।”

डिजिटल बैंकिंग कत्तै सुरक्षित हुदैन कि भन्ने प्रश्नमा बैंकर शाहले भने, “नेपालमा बरु बैंकहरु चोरी भएको वा लुटिएको सुनेका छौं तर डिजिटल बैंकिंग वा अनलाईन बैंकिंग मार्फत पैसा लुटिएको वा चोरेको अहिले सम्म सुनेका छैनौ । राष्ट्र बैंकको मापदण्ड अनुसार मात्र हामीले अनलाईन बैंकिंगको सेवा प्रदान गर्न सक्छौं जसले गर्दा ग्राहकहरुले सुरक्षित बैंकिंग सेवा प्रयोग गर्न सकिरहेका छन् । आजको दिनसम्म अनलाईन बैंकिंग नेपालमा सुरक्षित छ तर ग्राहकहरु पनि सतर्क भने रहन जरुरी चाहिं छ ।”

प्रकाशित मिति : श्रावण २७, २०७७ मंगलबार  ११ : ०० बजे