श्रावण ३०, २०७९ सोमबार | Mon Aug 15 2022

प्रकाश सुवेदीले माफी मागेको भएन, सबैको अगाडी माफी माग्नु पर्छ अब (भिडियो)



काठमाडौ । नायिका पूजा शर्मा र पत्रकार प्रकाश सुवेदी बीचको विवाद बारे चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्काले आफ्नो धारणा व्यक्त गर्दै भने, “पत्रकारले प्रयोग गरेको शब्द अपाच्य नै थियो र वहाँले अब सबैको अगाडी माफी मागे मात्र यो विवाद सुल्झिन्छ ।”

पत्रकार प्रकाश सुवेदीको कार्यक्रममा पूजा शर्माले अन्तर्वार्ता दिएकी थिईन जुन अन्तर्वार्ता सामाजिक संजालमा विवादमा समेत तानिएको थियो । उक्त अन्तर्वार्तामा पूजा शर्माले नेपालको बारेमा सामान्य ज्ञान नजानेकोले उनको ब्यापक आलोचना भयो । उक्त अन्तर्वार्तामा सामान्य ज्ञानको अंश राम्रो नभएकोले हटाइदिन आग्रह गरेको तर प्रकाश सुवेदीले जस्ताको त्यस्तै प्रसारण गरेको पूजा शर्माले आरोप लाएकी थिईन । 

प्रकाश सुवेदीले पनि पूजाको खण्डन गर्दै फेरी कार्यक्रममा भने, “कलाकार भनेको देशको ‘ब्राण्ड एम्बेसेडर’ जस्तै हो त्यसैले सामान्य ज्ञान भने जान्नुपर्छ नत्र विदेश जाँदा कसैले देशको बारेमा सोध्दा आएन भने के होला ?” प्रकाश सुवेदीले यसरी खण्डन गरे पश्चात पूजा शर्माले आफू अब फेरी पत्रकार सुवेदीसंग अन्तर्वार्ता नदिने कुरा सार्वजनिक रुपमा भनिन् । यस पश्चात प्रकाश सुवेदीले रजतपट कार्यक्रम मार्फत घुमाउरो तरिकाले ‘दारा निस्किएकोलाई महानायिका भनिदिनु पर्ने’ भन्दै अभिव्यक्ति दिए जसले गर्दा पूजा शर्मा मानसिक तनावमा पुगेकी थिईन ।

यो पनि पढ्नुहोस : पूजा शर्मा रुँदै जब पुगिन् उजुरी दिन… (भिडियो)

पूजा शर्मा मानसिक तनावमा पुगेको भन्दै चलचित्र कलाकारसंघ पुगेर प्रकाश सुवेदी विरुद्ध उजुरी दीइन । साथै ‘एपी वान टिभी’ मा समेत पुगेर प्रकाश सुवेदीको कार्यक्रमको बारेमा उजुरी दिईन । प्रकाश सुवेदीले भिडियो सार्वजनिक गर्दै माफी मागेका छन् ।

चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्काले यहि विषयमा आफ्नो धारणा व्यक्त गर्दै क्यानाडा नेपालसंग भने, “प्रकाश सुवदीले प्रयोग गर्न नहुने शब्द टेलिभिजन कार्यक्रममा प्रयोग गरे पश्चात पूजा शर्मा मात्र होईन धेरै कलाकारहरु रिसाएका छन् । त्यसैले वहाँले त्यसरी माफी माग्दैमा मात्र हुदैन जस्तो लाग्छ । वहाँले सबै सामू बसेर माफी माग्नु भयो भने मात्र यो विवाद सहज तरिकाले सुल्झिनेछ ।”

“मैले प्रकाश जीलाई फोन गरेर यस विषयमा सोध्दा आफू बोलाएको समयमा आएर विवाद सुल्झाउने भन्नु भएको छ । वहाँसंग अरु धेरै कलाकारहरु समेत रिसाउनु भएकोले वहाँले राम्रोसंग माफी मागेर यो विवाद सुल्झाए राम्रो देखिन्छ ।” अध्यक्ष खड्काले भने ।

प्रकाशित मिति : श्रावण २६, २०७७ सोमबार  ७ : ५४ बजे