एजेन्सी – चर्चित अभिनेता अनिल कपूर र जोन अब्राहमको नयाँ कमेडी फिल्म 'पागलपन्ती' को ट्रेलर सार्वजनिक भएको छ । २२ नोभेम्बरमा रिलिज हुँने तयारीमा रहेको यस फिल्मको ट्रेलर मंगलबार सार्वजनिक भएको हो । सार्वजनिक ट्रेलरमा सबै कलाकार फरक फरक अवतारमा देखिएका छन् । कमेडीनै कमेडीले भरिएको यस फिल्मले दर्शकलाई निकै हसाउँने अपेक्षा गरिएको छ ।
यस फिल्मलाई अनीस बज्मीले निर्देशन गरेका छन् । यस फिल्ममा चर्चित अनिल कपूर र जोन अब्राहम सँगै इलियाना डिक्रूज, अरशद वारसी, पुलकित सम्राट, सौरभ शुक्ला, कृति खरबन्दा, उर्वशी रौतेला लगायतका कलाकारहरुको अभिनय रहेको छ ।
प्रतिक्रिया