आश्विन १७, २०७९ सोमबार | Mon Oct 3 2022

मधुमेहदेखि कोरोनाभाइरसबाट जोगिन पिउनुहोस् काँडापानी, बनाउने विधिसहित



काठमाडौँ। विश्वभर कोरोनाभाइरसको जोखिम बढ्दो छ। विश्वभर मानिसलाई सावधानी तथा सतर्कता अपनाउन विश्व स्वास्थ संगठनले आग्रह गरिरहेको छ। कोरोनाभाइरसविरुद्धको खोप तत्काल नभएको हुँदा मानिसले रोग प्रतिरोधात्मक क्षमता बढाउन थुप्रै किसिममा घरेलु तथा आयुर्वेदिक औषधिहरु प्रयोग गरिरहेका छन्।

यसैगरी घर वरिपरि पाउने तथा आफ्नै भान्छामा रहेका केहि मसलाले पनि कोरोनासँग लड्न उपयोगी भएको भन्दै मानिसले हिजोआज त्यस्ता किसिमका मसलाहरुको उपयोग गर्न थालेका छन् । यहाँ मधुमेहदेखि कोरोनाभाइरसबाट बच्न काँडापानी बनाउने विधिबारेमा जानकारी दिइएको छ।

काँडापानी बनाउने विधि

१. सर्वप्रथम, एउटा भाँडोमा ३०० मिलिलिटर पानी राखी त्यसलाई उमाल्न राख्नुहोस् ।

२. पानी हल्का उम्लिन थालेपछि त्यसमा एक ठूलो चम्चा मेथीका दानाहरु हाल्नुहोस् ।

३. मेथी राखिसकेपछि अब यसमा एक ठुलो चम्चा सौफका दानाहरु राख्नुहोस्।

४. यसैगरी, यसमा अब २–४ टुक्रा दालचिनीका साना टुक्रालाई मिलाई पानीलाई राम्रासँग उम्लिन दिनुहोस्। पानी ३०० मिलिलिटरबाट घटेर १५० मा नाउञ्जेल पानीलाई तव सम्म उम्लिन दिनुहोस्।

काँडापानीका फाइदा :

प्रतिरोधात्मक क्षमातामा वृद्धि : यस कडापानीले शरीरमा प्रतिरोधात्मक क्षमतामा वृद्धि हुने गर्दछ। यस माहामारीका बेला सबैले प्रतिरक्षा प्रणालीमा सुधार गर्न खोजिरहेका छन् । यस्तो अवस्थामा काँडापानीले प्रतिरोधात्मक क्षमता मात्रै नभएर शरीरको सम्पूर्ण स्वास्थ अवस्थालाई फाइदा पुर्याउद छ।

मधुमेहका लागि फाइदाजनक : यस काँडापानीको नियमितरुपमा सेवन गर्दा यसले मधुमेहलाई नियन्त्रणमा राखी ५ देखि ६ महिनाको अन्तरालमा मधुमेहलाई पूर्णरुपमा नियन्त्रण गरी निर्मुल गर्ने समेत अवस्था सृजना गर्दछ। यसमा मिलाइएको मेथीले र दालचिनीले मधुमेहलाई नियन्त्रण गर्न मद्दत गर्दछ।

बाथरोगका लागि फाइदाजनक :यस काडापानीको नियमितरुपमा सेवन गर्दा मानिसमा हुने विशेषतया महिलामा हुने जोर्नी दुख्ने समस्या तथा बाथरोगलाई समेत फाइदा पुर्याउँदछ। यसको प्रभावकारीतालाई मापन गर्न कम्तिमा एक सप्ताह नियमित सेवन गर्नुपर्दछ।

पाचन प्रक्रियालाई सुदृढ गर्ने : मानिसको स्वास्थ तव ठिक हुन्छ जब उसको पाचन प्रणालीले सक्रियताका साथ् काम गर्ने गर्दछ। यस काँडापानीलाई दैनिकरुपमा बिहान खाली पेटमा सेवन गर्दा यसले ग्यास्ट्रिक रोग देखि पेटमा भएका ससाना समस्याहरुलाई निर्मुल पार्दछ।

प्रकाशित मिति : श्रावण २५, २०७७ आइतबार  १० : ११ बजे