काठमाडौं । अभिनेत्री पुजा शर्माले सिने पत्रकार तथा निर्देशक प्रकाश सुवेदीले आफुविरुद्ध दिएको अभिव्यक्ती प्रति आपत्ति जनाएकी छिन् । उनले पत्रकारले नै बोलाएर अपमान गरेको भन्दै सामाजिक सञ्जाल फेसबुकमा आक्रोस पोखेकी छिन् ।
उनले कति चुप रहने ? कति सहने ? भन्दै अन्तरवार्ताका लागि पत्रकारले बोलाउँदा आउँदिन भनिदिएकै कारण अपमान हुन परेको बताएकी छिन् । अन्तरवार्ताका लागि आउँदिन भन्दा एउटा टेलिभिजनको कार्यक्रममै आफुलाई ‘दारा निस्केको महानायिका’ भनेर शारिरिक हाउभाउ लाइ लक्षित गरेर अत्यन्त क्षुब्ध ढंगले प्रस्तुत गरेर मानहानि गरेको बताएकी छिन् ।
उनले भनेकी छिन् – “कतिचूप रहने ?कति सहने? Prime tv मा अन्तर्वार्तामा बोलाइयो गएँ सामान्य ज्ञान संग सम्बन्धित प्रश्न गरियो Interview चल्दा चल्दै मैले पत्रकार प्रकाश सुबेदीजी लाइ मैले राम्रो गर्न सकिन प्लिज यो काटिदिनुस, भने मान्नु भएन
त्यो चिज प्रसारण भयो viral भयो मेरो थुप्रै troll हरू बने, आफ्नै गल्ति हो भनेर चूपचाप बसे , पछि जब प्रकाशजी Ap1 जानु भो मलाइ पुन: interview मा आउ पुजा भनेर भन्नु भो म मानसिक तनाब झेलिरहेको थिए, अब फेरी पूरानो गल्ति कसरी गर्न सक्थे ?
म त्रसित पनि थिए ,तसैले मैले सरी दाइ म आउन सक्दिन भने , तर त्यसपछि उहॉले आफ्नो कार्यक्रम मा मलाइ लक्षित गरेर “ दारा निस्केको, महानायिका” भनेर शारिरिक हाउभाउ लाइ लक्षित गरेर अत्यन्त क्षुब्ध ढंगले प्रस्तुत गरेर मेरो मानहानि गर्न कुनै कसर छोड्नु भएन ,
के एक पत्रकारले यस्तो अशिष्ट ,अभद्र र अमर्यादित शब्द प्रयोग गर्न मिल्छ ? पत्रकारले गर्न सक्ला मानौ, के टेलिभिजन मा यस्ता असभ्य कुरा सम्पादन गर्ने कुनै निकाए छैन ?हरेक troll को शिकार देखि , यस्तो अभद्र व्यवहार प्रति हामि कलाकार सधै मौन नै रहनु पर्ने ? अहिले आएर उहॉले “ मैले कसैको नाम तोकेको छैन “ भनेर भन्दै हुनुहुन्छ के यसरी पन्छिन मिल्छ ?
म नभए पनि कोहि अभिनेत्री लाइ त दारे अभिनेत्री सम्बोधन गरिएकै छ त्यॉहा !हामि कलाकार हरू कहिले सम्म पालै पालो यस्तो अतिबादको शिकार भैरहने? हाम्रा गल्ति छन्, होलान् पनि त्यो कुरा पत्रकार मित्रहरू ले औल्याइ दिनु पर्छ । तर यो ढंगको प्रस्तुतीकरण ले के पत्रकारिता को पनि इज़्ज़त बढ्छ त? कृपया सूझाब सल्लाह को अपेक्षा गर्द्छू ! यंहाहरूको सल्लाह अनुसार अगाढि बढ्ने छू ! धन्यवाद!!”
पछिल्लो समय कलाकारहरु अन्तरवार्तामा बोल्न नजान्दा ट्रोलको शिकार हुन थालेका छन् । यसअघि पनि पत्रकार सुवेदीको कार्यक्रममा सोधिएका सामान्य ज्ञानसंग सम्बन्धित प्रश्नको उत्तर दिन नजान्दा पुजा ट्रोल बनेकी थिइन् ।
प्रतिक्रिया