आश्विन १५, २०७९ शनिबार | Sat Oct 1 2022

अध्यक्ष लिङ्देनको नेतृत्वमा निर्वाचन परिचालन समिति गठन



काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीले अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा केन्द्रीय निर्वाचन परिचालन समिति गठन गरेको छ ।

बिहीबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले केन्द्रीय निर्वाचन परिचालन समितिलाई पूर्णता दिएको हो।

उक्त समितिमा पूर्वअध्यक्षहरू लोकेन्द्रबहादुर चन्द, पशुपतिशमशेर राणा, प्रकाशचन्द्र लोहनी, कार्यसम्पादन समिति सदस्य, पदाधिकारी, सातै प्रदेशका अध्यक्ष, केन्द्रीय सदस्य, विभागीय प्रमुखहरू, भ्रातृ संगठनका प्रमुखहरू रहेको प्रवक्ता ज्ञानेन्द्र शाहीले जानकारी दिए ।

प्रदेशका अध्यक्षहरूको संयोजकत्वमा प्रदेश निर्वाचन परिचालन समिति पनि गठन गरिएको छ भने उक्त समितिमा सम्बन्धित जिल्ला अध्यक्ष रहने व्यवस्था छ।

कोषाध्यक्ष निलकण्ठ काफ्लेको संयोजकत्वमा आर्थिक समिति र प्रवक्ता मोहन श्रेष्ठको संयोजकत्वमा केन्द्रीय प्रचार समिति गठन गरिएको राप्रपाले जनाएको छ।

प्रकाशित मिति : आश्विन ७, २०७९ शुक्रबार  ९ : १७ बजे