आश्विन १५, २०७९ शनिबार | Sat Oct 1 2022

एक वर्षपछि मेलम्ची, इन्द्रावतीमा पाइन थाले माछा



काठमाडौँ – मेलम्ची, इन्द्रावतीलगायतका खोलाहरुमा माछा पाउन थालेका छन् । गत वर्ष बाढी आएपछि भने माछा पाउन छाडेको थियो । माछा मारेर जीविकोर्पाजन गर्ने स्थानीय निकै मारमा परेका थिए ।

गत वर्ष बाढी आउनु अघिसम्म सिन्धुपाल्चोकको मेलम्ची, हेलम्बु, इन्द्रावती, तिपेनीलगायत खोलाका माछाले राम्रो बजार पाएको थियो । अहिले भने ती खोलामा माछा पाइन थालेको छ ।

मेलम्ची, हेलम्बु, तिपेनीलगायत क्षेत्रमा लोकल माछा र ढिँडो खान तथा माछाका विभिन्न परिकार खान आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका थिए । यहाँका माझीहरूले मारेका माछा सहजै बिक्थे । पर्यटकले खानेमात्रै होइन, किनेर पनि लैजाने गर्थे । तर गत वर्षको बाढीका कारण पाइन छाडेपछि उनीहरु मारमा परेका थिए । अहिले फेरि माछा पाइन थालेको छ ।

काठमाडौँको जोरपाटीका रामचन्द्र श्रेष्ठ माछा पाउन थालेको थाहा पाएपछि मेलम्ची आउनुभएको बताउछन्। मेलम्चीका माछा निकै स्वादिलो भएको उनी बताउँछन् यहाँ असला, कत्ले, काभ्रेजस्ता माछा पाइन्छन् । अहिले मेलम्ची, इन्द्रावती, तिपेनीलगायत खोलामा लगभग दैनिक २० किलोसम्म माछा फेला पर्ने गरेको स्थानीय माझीहरू बताउँछन् ।

प्रकाशित मिति : आश्विन ७, २०७९ शुक्रबार  ९ : ०८ बजे