आश्विन १५, २०७९ शनिबार | Sun Oct 2 2022

भिमफेदीमा भएको दुर्घटनामा ज्यान गुमाउने ५ जनाको सनाखत



काठमाडौँ – भीमफेदीमा भएको दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुगेको छ भने ७ जनाको सनाखत भएको छ । हेटौँडा प्रहरीका अनुसार नुवाकोट घर भएर रौतहटमा नेपाली सेनामा कार्यरत ३४ वर्षीय रघुराज न्यौपाने, बाराका ३३ वर्षीय अन्दुवा मियाँ ठकुराई, बारा जितपुर उपमहानगरपालिका–२४ का २४ वर्षीय शेख अरमान, मकवानपुरगढी गाउँपालिका–२ का ४३ वर्षीय मदन विक, पर्सा वीरगञ्ज महानगरपालिका–३१ बस्ने ४५ वर्षीय हृदयनारायण पंजियार छन् ।

काठमाडौँबाट हेटौँडाका लागि छुटेको बा ३ ख ७८५८ नम्बरको बस जुरिखेतको एघार घुम्तीको ओरालोमा दुर्घटना भएको थियो। घुम्तीमा मोड्ने क्रममा ब्रेक नलागेर करिब ६० मिटर तलको मोडमा बस खसेको थियो ।

दुर्घटनामा ७ जनाको मृत्यु थियो भने २६ जना घाइते भएका जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मृत्यु भएका न्यौपाने नेपाली सेनामा कार्यरत रहेको बुझिएको छ ।

उनीहरुको हेटौंडा अस्पतालबात थप उपचारका लागि भरतपुर रिफर गरिएको छ । घाइते २३ जनाको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ । बसमा ३३ जना सवार रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : आश्विन ७, २०७९ शुक्रबार  ८ : ४९ बजे