आश्विन १५, २०७९ शनिबार | Sat Oct 1 2022

हतियारसहित नेकपा बहुमतका नेता पक्राउ



काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का एक जना नेता पेस्तोल र ग्रिनेडसहित पक्राउ परेका छन् ।

नेकपा (बहुमत) जाजरकोट जिल्ला सम्मेलन आयोजक कमिटीका सदस्य इन्द्रबहादुर शाही (नवीन) पाँच राउन्ड गोली भएको पेस्तोल र प्लास्टिक हेन्ड ग्रिनेडसहित पक्राउ परेको जाजरकोट प्रहरीले जानकारी दिएको छ ।

जाजरकोटको नलगाड नगरपालिका – ६ सिर्केबाट पक्राउ परेका शाहीको साथबाट २ एमएम नौ राउन्ड, मेड इन युएसए लेखेको पेस्तोल, एच.जी.लट ४ लेखिएको तयारी अवस्थामा रहेको प्लास्टिक हेण्ड ग्रिनेड बरामद भएको जाजरकोट प्रहरीको भनाइ छ।

प्रकाशित मिति : आश्विन ७, २०७९ शुक्रबार  ८ : २२ बजे