आश्विन १५, २०७९ शनिबार | Sat Oct 1 2022

भीमफेदी दुर्घटनामा मृत्यु भएका दुई जनाको सनाखत



काठमाडौँ – भीमफेदी गाउँपालिका वडा नम्बर–६ मा बिहिबार भएको यात्रुबाहक मिनी बस दुर्घटना मृत्यु हुनेमध्ये २ जनाको सनाखत भएको छ । दुर्घटनामा मृत्यु भएका नुवाकोटका ३५ वर्षीय रघुराज न्यौपाने, बारा झिटकैया –४ का ३३ वर्षीय अन्दुलाहा मिया ठकुराईको सनाखत भएको छ । अन्य ५ जनाको सनाखत हुन बाँकी रहेको र मृतक सबैको शब हेटौंडा अस्पतालमा रहेको प्रहरीले जानकारी दिएको छ ।

काठमाडौँबाट हेटौँडाका लागि छुटेको बा ३ ख ७८५८ नम्बरको बस जुरिखेतको एघार घुम्तीको ओरालोमा दुर्घटना भएको थियो। घुम्तीमा मोड्ने क्रममा ब्रेक नलागेर करिब ६० मिटर तलको मोडमा बस खसेको थियो ।

दुर्घटनामा ७ जनाको मृत्यु थियो भने २६ जना घाइते भएका जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मृत्यु भएका न्यौपाने नेपाली सेनामा कार्यरत रहेको बुझिएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार दुर्घटनामा घाइते भएका ३ जना अवस्था गम्भीर रहेको छ । उनीहरुको हेटौंडा अस्पतालबात थप उपचारका लागि भरतपुर रिफर गरिएको छ । घाइते २३ जनाको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ । बसमा ३३ जना सवार रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : आश्विन ७, २०७९ शुक्रबार  ७ : ५७ बजे