आश्विन १५, २०७९ शनिबार | Sat Oct 1 2022

राष्ट्रपतिको कदमविरुद्धको रिटमा आज सुनुवाइ हुँदै



काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीको पछिल्लो कदमविरुद्धको रिटमा आज सुनुवाइ हुँदैछ । प्रतिनिधिसभा र राष्ट्रियसभाबाट दोस्रो पटक पारित भएर आएको नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण गर्नु पर्ने भन्दै सर्वोच्चमा पाँच वटा रिट परेका छन् ।

नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक २०७९ लाई प्रमाणीकरण नगरी भण्डारीले निस्क्रिय पारेपछि त्यसविरुद्ध सर्वोच्चमा रिट परेको थियो ।

राष्ट्रपतिविरुद्ध अधिवक्ता सुनिलरञ्जन सिंह, सरिता थापा, सागर बराल, देव शर्मालगायतले रिट दायर गरेका हुन् । राष्ट्रपतिले १५ दिन भित्र प्रमाणीकरण गर्नु पर्ने विधेयक प्रमाणीकरण नगरेका कारण उनी विरुद्ध रिट दायर गरेको अधिवक्ताहरुको भनाइ छ ।

प्रकाशित मिति : आश्विन ७, २०७९ शुक्रबार  ७ : ५१ बजे