आश्विन १५, २०७९ शनिबार | Sun Oct 2 2022

सच्चा उपदेश : प्रेरक प्रसङ्ग



महात्मा बुद्धका एक शिष्य एक दिन उनकोमा गए र भने – आज मैले एउटा भिकारी बोलाएर धेरै बेरसम्म उसलाई धर्मको शिक्षा दिएँ, प्रेरक उपदेश दिएँ, तर त्यो मूर्खले मेरो कुरामा ध्यान दिएन ।

शिष्यको कुरा सुनेर बुद्धले त्यो भिकारीलाई बोलाएर ल्याउन भने । जन भिकारी दीनहीन अवस्थामा आए तब बुद्धले उनलाई पेटभरि खाना खुवाए र प्रेमपूर्वक बिदा गरे ।

उनको शिष्यले आश्चर्य मान्दै सोध, तपाईंले उसलाई बिना कुनै उपदेश किन जान दिनुभयो ?

बुद्धले भने, आज उसको लागि खाना नै उपदेश थियो । उसलाई प्रवचन भन्दा धेरै अन्नको आवश्यकता थियो । यो नै साँचो उपदेश हो ।

यो सुनेर उनका शिष्य निरुत्तर भए ।

 

साभार  ः ‘प्रेरक प्रसङ्हरु’ पुस्तकबाट

प्रकाशित मिति : आश्विन ७, २०७९ शुक्रबार  ७ : १४ बजे