आश्विन १५, २०७९ शनिबार | Sat Oct 1 2022

धीरुभाई अम्बानीको सफलता



काठमाडौँ – रिलायन्स कम्पनीका संस्थापक धीरुभाइ अम्बानीको सफलता यस कुराबाट पनि थाहा लाग्छ कि उनले १९५९ मा बिजनेस केवल १५ हजार रुपैयाँको पुँजीबाट शुरु गरेका थिए र २००२ मा उनको मृत्यु हुँदाको समय रिलायन्स ग्रुपको सम्पूर्ण सम्पत्ति ६० हजार करोड थियो ।

धीरुभाइ गुजरातको एउटा गाउँका गरीब स्कुल शिक्षकका घरमा जन्मेका थिए । पैसाको अभावका कारण उनले दश कक्षासम्म मात्रै पढ्न पाए । १७ वर्षको उमेरमा उनी काम गर्न अरब गए । नौ वर्षपछि भारत कमर्सियल स्थापना गरे ।  त्यसपछि उनले फर्केर हेर्नुपरेन । मेहनत, लगन र बुद्धिको प्रयोगबाट उनले रिलायन्स कम्पनीलाई देशकै सबैभन्दा ठूलो कम्पनी बनाइदिए ।

एकपटक उनको मिलमा एक आयातित स्पेयर पार्टस् बिग्रेकाले काम नै रोकियो । सामान्यतया यस्ता स्पेयर मगाउन एक महिना लाग्थ्यो तर धीरुभाइ अम्बानीले एक कर्मचारीलाई विशेष रुपमा विदेश पठाएर दुइ दिनभित्रै स्पेयर पार्टस् मगाएर मिल चलाए ।

धीरुभाइ आफ्नै बलबुतामा भारतीय शेयर बजारको नक्सा बदलिदिए १९७७ मा रिलायन्सले आफ्नो शेयर जारी ग¥यो । उनीभन्दा पहिले अरु व्यापारीहरूले आम जनतालाई शेयर बेचेर यति धेरै पैसा जुटाउने जोखिम लिएका थिएनन् । १९८२ मा उनले शेयर दलालहरूलाई यस्तो पाठ सिकाए कि तिनले रिलायन्सको शेयरको मामलामा सचेत रहे ।

जब उनी सेल कम्पनीको पेट्रोल पम्पमा पेट्रोल भर्ने काम गर्थे त्यस वेला उनले सपना देखेका थिए कि उनले पनि सेल कम्पनी जस्तो ठूलो कम्पनी बनाउँछन् र उनले त्यो सपना पूरा गरेर देखाए । धीरुभाइको जीवनी यो कुराको प्रमाण हो, ठूलो सफलता उसलाई प्राप्त हुन्छ जसले ठूलो सपना देखेका हुन्छन् ।

साभार ः ‘सफलता’ पुस्तकबाट

 

प्रकाशित मिति : आश्विन ७, २०७९ शुक्रबार  ६ : ५८ बजे