आश्विन १५, २०७९ शनिबार | Sun Oct 2 2022

मधुमेह रोगीहरूका लागि घरेलु उपचार



काठमाडौँ – शरीरमा हुने विभिन्न रासायनिक प्रतिक्रियाका कारण रगतमा लामो समयसम्म चिनीको मात्रा बढी हुने रोगहरूलाई मधुमेह भन्छिन । रगतमा चिनीको मात्रा बढी भएपछि तारनतार पिसाब लाग्ने, धेरै तिर्खा र भोक लाग्ने जस्ता लक्षणहरू देखिन्छन्। उपचार गरेन भने मधुमेहले धेरै जटिलताहरू निम्त्याउन सक्छ। यहाँ मधुमेहका घरेलु उपचारका बारेमा केही जानकारी दिइएको छ ।

–    दुईदुई चम्चा करेला र अमलाको रसको मिश्रणलाई दैनिक पिउने । करेलाको रस निकाल्न नसके काँचै वा उसिनेर त्यसमा स्वादअनुसार नुन राखी खानाले वा ५ वटा ताजा बेलको पात र १० दान मरीच मिलाए पिसी अमलाको रसमा नियमित पिउनाले वा तीतेकरेलाको जुस बनाएर नियमित बिहान खाली पेटमा एक गिलास पिउनाले वा काँचो मेवा, खयरको कत्था, सुपारीको काँडा पानी बनाइ नियमित सेवन गर्नाले वा जामुनको कलिला पातलाई ८–१० चम्चा पानीमा पिसेर छानी बिहानी खाली पेटमा सेवन गर्नाले यस रोगबाट मुक्ति मिल्दछ ।

–    ५० ग्राम जामुनको गुदी, ५० ग्राम गुर्जाेमा मिलाई पिसेर अमलाको रसमा मिलाउने र गोली बनाइ ४/४ रतिका दरले दिनमा ३ पटक ताजा महमा खानाले वा दुई चिया चम्चा मेथीलाई पिसेर पानीमा भिजाउने र त्यसलाई भोलिपल्ट छानी खाली पेटमा केही महिनासम्म नियमित सेवन गर्नाले राम्रो फाइदा गर्छ ।

–    ४/५ दाना जामुनको दानालाई नियमित चपाउने वा जामुनको दानालाई सुकाइ पिसी धुलो बनाउने र उक्त धुलोलाई बिहानबिहान २ चम्चाका दरले चिसो पानीमा मिलाएर सेवन गर्नाले राम्रो फाइदा गर्छ ।

–    जामुनको मुन्टा, बेलको पात, गुजरगानो, गुर्जाे, दुबो, निमको बोक्रालाई सुकाइ पिसी धुलो बनाउने र उक्त चूर्ण १ चम्चालाई अमलाको रसमा मिलाएर दिनको ३ पटक खाली पेटमा सेवन गर्नाले चिनीरोग निर्मूल हुन्छ ।
तर गुलिया पदार्थ, जमिनमुनि फलेका चिज, अमिलो, पिरो, माछा, मासु, फ्याट भएका वस्तुहरूबाट सधैँ टाढा रहनुपर्छ । उसिनेको चामलको भात, मकैको भात आधा पेटमात्र खाने गर्नुपर्छ । हल्का योगासन नियमित गर्नुपर्दछ ।

 

साभार  ः ‘योगाभ्यास तथा घरेलु उपचार विधि’ पुस्तकबाट

प्रकाशित मिति : आश्विन ७, २०७९ शुक्रबार  ६ : ४० बजे