आश्विन १५, २०७९ शनिबार | Sun Oct 2 2022

कस्ताे छ आजकाे माैसम



काठमाडौँ – मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली  रहेको छ । जसको प्रभावले प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

आज दिउँसो लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङसँगै हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। राती तराई केही  स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।  

भारी वर्षाको सम्भावना रहेका पहाडी क्षेत्रहरूमा पहिरो तथा गेग्रान बहावको जोखिम रहनुको साथै  नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने  भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

 

प्रकाशित मिति : आश्विन ७, २०७९ शुक्रबार  ६ : ३२ बजे