आश्विन १५, २०७९ शनिबार | Sat Oct 1 2022

चुट्किला



माटोमा के खोजेका

बाबा : रामु तिमीले त्यो माटोमा के खोजेका ?
रामु : तपाईंको नाम खोजेको ।
बाबा : मेरो नाम किन त ?
रामु : आमाले भनेको मैले तपाईंको नाम माटोमा मिलाइदिएँ रे !

सिधै स्वर्ग जाने बाटो

कञ्जुस : पण्डितजी, घुमफिर नगरी सिधै स्वर्ग जाने बाटो देखाउनुहोस् न ।
पण्डित : किन ? घुमफिर गर्दै गए के हुन्छ ?
कञ्जुस : भाडा धेरै लाग्छ नि ।

 


साभार  ः ‘हँसाउने चुट्किला’ पुस्तकबाट

 

प्रकाशित मिति : आश्विन ७, २०७९ शुक्रबार  ६ : १० बजे