आश्विन १५, २०७९ शनिबार | Sun Oct 2 2022

यस्तो छ विभिन्न देशको लागि विजयादशमीको टीकाको उत्तम साइत (सूचिसहित)



काठमाडौँ– अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले विभिन्न देशको लागि विजया दशमीमा टीका लगाउने उत्तम साइत सार्वजनिक गरेको छ ।

समितिले  नेपालसँगै भारत, जापान, अमेरिका, क्यानडा, अष्ट्रेलिया, न्युजिल्याण्ड, पोर्चुगल, बेलायत, फ्रान्स, नर्वे, मलेशिया, युएई, कतार, थाइल्याण्ड, दक्षिण कोरिया, इजरायल, सिंगापुर, हङकङ, साउदी अरेबिया, म्यानमार, स्वीट्जरल्याण्ड, जस्ता देशमा कहिले र कुन समयमा विजया दशमीको टीका लगाउने भनेर साइत सार्वजनिक गरेको हो ।

विभिन्न देशमा बसोबास गर्ने सनातन धर्मावलम्बीहरुबाट विजया दशमीको टीकाको साइतबारे जिज्ञासा राखेकोले स्थानीय समयसहित आफूहरुले साइतबारे जानकारी दिएको समितिले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

 

प्रकाशित मिति : आश्विन ६, २०७९ बिहीबार  ६ : १३ बजे