आश्विन १५, २०७९ शनिबार | Sat Oct 1 2022

थप ६६ जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौँ– नेपालमा थप ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको १ हजार १ सय ९० पिसिआर परिक्षणका क्रममा ५९ जना र २ हजार ७२ एन्टीजेन परिक्षणका क्रममा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोनाका कारण बिहीबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै थप १ सय ३७ संक्रमित कोरोनामुक्त भएका छन् । हाल नेपालमा १ हजार ४ सय ५ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : आश्विन ६, २०७९ बिहीबार  ५ : ५८ बजे