आश्विन १५, २०७९ शनिबार | Sat Oct 1 2022

साबा महिला बास्केटबल: नेपालले पहिलो खेलमा मालदिभ्ससँग



काठमाडोँ– साबा महिला बास्केटबल च्याम्पियनसिपमा नेपालले पहिलो खेलमा आयोजक मालदिभ्ससँग प्रतिस्पर्धा गर्ने भएको छ । आयोजक मालदिभ्स बास्केटबल एसोसिएसनले बिहीबार सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालको पहिलो खेल मालदिभ्ससँग परेको हो ।

पहिलो खेल आइतबार हुनेछ । नेपालले दोस्रो खेल श्रीलङ्कासँग मंगलबार र अन्तिम खेल भुटानसँग बुधबार खेल्नेछ । नेपाली महिला टोली शुक्रबार मालदिभ्स प्रस्थान गर्दैछ । च्याम्पियनसिपमा लागि नेपालले सदीना श्रेष्ठको कप्तानीमा १२ सदस्यीय खेलाडी टोलीको घोषणा गरिसकेको छ ।

टोलीका खेलाडीहरूमा कप्तान सदिनासहित एलिना गुरुङ, एलिशा मल्ल, अमिशा घले, अनुषा मल्ल, विनामणि योञ्जन, गरिशा सिलवाल, मिना गुरुङ, मुना महर्जन, प्रतीक्षा मगर, रचना श्रेष्ठ र श्रेया खड्का छन् ।

प्रशिक्षकमा विकास शाही र व्यवस्थापकमा निरञ्जन सत्याल छन् । फिबा रेफ्री राजकुमार महर्जनले प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्ने नेपाल बास्केटबल सङ्घले जनाएको छ ।

प्रकाशित मिति : आश्विन ६, २०७९ बिहीबार  ४ : ३९ बजे