आश्विन १५, २०७९ शनिबार | Sat Oct 1 2022

अवैध संरचना हटाइने भएपछि हतारमा पोको पारियो सामान (फाेटाेफिचर)



काठमाडौँ – काठमाडौँ महानगरपालिकाको डोजर चल्ने भएपछि वीर अस्पतालको छेउछाउका अवैध संरचनामा भएका सामग्रीहरु उठाइएको छ । महानगरले बिहीबार दिउँसो वीर अस्पताल अगाडिका फार्मेसी सञ्चालन भएका टहराहरु भत्काएको हो।

लाइनमै रहेका मेडिकल खाली गरिएका हुन् । महानगरपालिकाको डोजर आएर संरचनामा तयारी भएपछि औषधिहरु पसलेले खाली गरेका हुन् । उनीहरुले आफ्नो सामान पोको पारेपछिमात्र महानगरको डोजर चलेको हो ।

अहिले महानगरको डोजरले संरचनाहरु भक्ताइरहेको छ । काठमाडौं महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेका अनुसार अवैध रुपमा बनेका टहराहरु भत्काउन बुधबार २४ घण्टे अल्टिमेटम दिइएको थियो। सोही अनुसार बिहीबार दिउँसो १ बजे महानगरको डोजर त्यहाँ पुगेको हो।

 

 

 

प्रकाशित मिति : आश्विन ६, २०७९ बिहीबार  ३ : ५२ बजे