आश्विन १५, २०७९ शनिबार | Sat Oct 1 2022

बैतडीमा ११ मतदानस्थलको नाम र स्थान परिवर्तन



बैतडी–आगामी ४ मङ्सिरमा हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनको लागि बैतडीमा ५ मतदान केन्द्र थप गरिएका छन् । जिल्ला निर्वाचन अधिकारी माधवप्रसाद फुँयालका अनुसार मतदाता सङ्ख्याको आधारमा मतदानकेन्द्र थप गरिएका हुन् ।
दशरथचन्द नगरपालिकाका ३, मेलौली नगरपािलका र पुर्चौँडी नगरपािलकामा १÷१ मतदान केन्द्र थप गरिएका छन् । दशरथचन्द नगरपालिका–१ मा रहेको मणिलेक मावि र गुरुखोलामा २ मतदान केन्द्र रहेकोमा थप १ गर्दै ३ केन्द्र बनाइएका छन् । यस्तै विभिन्न ११ ओटा मतदानस्थलको नाम र स्थान परिवर्तन गरिएको छ । आवश्यकतानुसार ११ ओटा मतदानस्थलमध्ये ६ ओटा नाम परिवर्तन गरिएको छ भने ५ ओटाको स्थान परिवर्तन गरिएको हो ।
दशरथचन्द नगरपालिका–५ को साविकको गाविस भवन मतदानस्थलको नाम परिवर्तन गरेर वडा–५ कार्यालय पल्लाचौँडाली राखिएको छ । यस्तै पञ्चेश्वर गाउँपालिका–२ मा साविकको गाविस भवनको ठाउँमा वडा–२ को कार्यालय, वडा–५ मा साविकको गाविस भवनको ठाउँमा वडा–५ को कार्यालय र वडा–६ मा साविकको गाविस भवनको ठाउँमा वडा–६ को कार्यालय नाम राखिएको छ ।
यस्तै सुर्नया गाउँपालिका–१ मा साविकको गाविस भवन गुर्केलीको ठाउँमा वडा–१ को कार्यालय हटैराज नाम राखिएको छ । यस्तै पुर्चौँडी नगरपालिका–७ मा साविकको गाविस भवनको ठाउँमा वडा–७ को कार्यालय नाम राखिएको छ । यस्तै ५ वटा मतदानस्थलको ठाउँ परिवर्तन गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । दशरथचन्द नगरपालिका–८ को साविकको गाविस भवन त्रिपुरासुन्दरीमा रहेको मतदानस्थल स्वास्थ्यचौकी भवन त्रिपुरासुन्दरी, साविकको गुरुखोला गाविस भवनमा रहेको मतदानस्थल मणिलेक मावि गुरुखोला, मेलौली नगरपालिका–२ को साविकको गाविस भवनमा रहेको मतदानस्थल धर्मघर मावि सलेना, दोगडाकेदार गाउँपालिका–७ को साविकको गाविस भवनमा रहेको मतदानस्थल भूमेश्वर आधारभूत विद्यालय रिखाली र सिगास–४ कैलपाल आधारभूत विद्यालयमा रहेको मतदानस्थल वडा–४ को कार्यालयमा राखिएको छ ।
बैतडीमा १२९ ओटा मतदानस्थलका २१० वटा मतदान केन्द्र रहेका छन् । बैतडीमा १ लाख ५० हजार १५६ मतदाता प्रदेश र प्रतिनिधिसभा चुनावमा सहभागी हुनेछन् ।

प्रकाशित मिति : आश्विन ६, २०७९ बिहीबार  ३ : ३८ बजे