आश्विन १५, २०७९ शनिबार | Sat Oct 1 2022

पूर्वआईजी खनाल एमालेमा प्रवेश



काठमाडौं–पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल नेकपा एमालेमा प्रवेश गरेका छन् । उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी कार्यालय च्यासलमा पार्टी प्रवेश गराएका हुन् । खनालसँगै अन्य पार्टीका नेताहरु पनि एमाले प्रवेश गरेका छ्न् ।
अध्यक्ष ओलीले खनाललाई काठमाडौं वा तराईका कुनै एक क्षेत्रबाट उम्मेदवार बनाउने आश्वासन दिएका छन् । खनालले पनि काठमाडौं वा तराईको कुनै एक क्षेत्रबाट उम्मेदवार बन्ने बताए ।
पूर्व आईजीपी खनाल जनता समाजवादी पार्टी (जसपा)का सांसद डा. सुरेन्द्र यादवलाई अपहरणको शैलीमा काठमाडौं ल्याएको घटनामा मुछिएका थिए ।

प्रकाशित मिति : आश्विन ६, २०७९ बिहीबार  १२ : ३१ बजे