आश्विन १५, २०७९ शनिबार | Sun Oct 2 2022

राष्ट्रपति विरुद्ध संयुक्त विद्यार्थी संगठनको प्रदर्शन (फोटोफिचर)



काठमाडौँ– संयुक्त विद्यार्थी संगठनको आयोजनामा राष्ट्रपतिको असंवैधानिक कदम विरुद्ध विरोध कार्यक्रम गरेको छ।

कार्यक्रममा नेपाल विद्यार्थी संघ अध्यक्ष दुजाङ शेर्पा ,अनेरास्ववियु क्रान्तिकारी अध्यक्ष पन्चा सिंह ,अनेरास्ववियु अध्यक्ष सुदेश पराजुली ,समाजवादी विद्यार्थी युनियन उपेन्द्र यादव निकट अध्यक्ष रमेश यादव , समाजवादी विद्यार्थी युनियन बाबुराम निकट अध्यक्ष नेत्र चापागाईं, नेकपा एस को सचिव केशरी रेग्मी, नेकपा एस अनेरास्ववियु निकट उपमहासचिव महेश श्रेष्ठ लगायतको उपस्थिति रहेकोछ।

राष्ट्रपतिले नागरिकता विधेयक प्रस्तावलाई अस्विकार गर्नु भनेको देश र जनताको हित विपरित रहेको भन्दै विरोध प्रदर्शन गरको छ।

हिजो मात्र कलेज कलेजमा राष्ट्रपति पुत्ला दहन गरेको छ भने आज राष्ट्रपतिको राजीनामा माग राख्दै विद्यार्थीले सडक प्रदर्शन गरेको छ।

विद्यार्थीहरुले विद्यादेविको चमत्कार संविधानको बलात्कार ,राष्ट्रपति राजीनामा दे, हिमाल, पहाड, तराई कोहि छैन पराई, संविधान मिच्न पाईदैन , यस्तो राष्ट्रपति चाहिदैन, एमाले कार्यकर्ता विद्या ओली बालकोट जा र विद्यार्थी एकता जिन्दावाद भन्दै नारा समेत लगाएको छ।

प्रकाशित मिति : आश्विन ६, २०७९ बिहीबार  १२ : ०७ बजे