आश्विन १५, २०७९ शनिबार | Sat Oct 1 2022

माइक्राेबसकाे ढाेकाबाट खसेर सहचालककाे मृत्यु



काठमाडौँ – नवलपरासीको बर्दघाट सुस्ता पश्चिममा बसको ढोकाबाट खसेर सहचाललको मृत्यु भएको छ । बुटवलबाट बर्दघाटका लागि छुटेको लु १ ख ७३७७ नम्बरको माइक्रोको ढोकाबाट खसेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार
मृत्यु हुनेमा बर्दघाट नगरपालिका–११ धनेवाका ३३ वर्षीय उमेश चौधरी रहेका छन् । उनको सुनवल नगरपालिका–१२ भुमही चोकमा हिजो साँझ बसको ढोकाबाट खसेर घटनास्थलमै मृत्यु भएको छ ।

बस सहित चालकलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय सुनवलले जनाएको छ ।

प्रकाशित मिति : आश्विन ६, २०७९ बिहीबार  १० : १४ बजे