आश्विन १५, २०७९ शनिबार | Sun Oct 2 2022

निर्वाचन आयोगले तोक्यो निर्वाचन अधिकृत, असोज १२ र १३ गते अभिमुखीकरण तालिम (सूचनासहित)



काठमाडौँ – निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका १६५ निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृत नियुक्त गरेको छ । सूचना जारी गर्दै आयोगले नियुक्त भएका निर्वाचन मुख्य अधिकृत र अधिकृतलाई अभिमुखीकरण तालिमको कार्यक्रम राखेको छ । 

आयोगद्वारा जारी सूचनामा नियुक्त भएका अधिकृतहरूलाई १२ र १३ गते निर्वाचन व्यवस्थापन सम्बन्धी अभिमुखीकरण कार्यक्रमको व्यवस्था गरिएको बताइएको छ । यो कार्यक्रममा अनिवार्य रुपमा उपस्थित हुन आयोगले सूचना जारी गरेको छ ।

अभिमुखीकरण कार्यक्रमपछि निर्वाचन अधिकृतहरूलाई नियुक्ति पत्र प्रदान गरिने आयोगले जनाएको छ ।

मंसिर ४ मा हुने निर्वाचनका लागि समानुपातिक तर्फका उम्मेदवारहरूको बन्दसूची दर्ता भइसकेको छ भने  प्रत्यक्ष निर्वाचनका लागि यही असोज २३ गते मनोनयन दर्ताको कार्यसूची रहेको छ ।

आजदेखि आयोगले समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत हुने निर्वाचनका लागि अस्थाई मतदाता नामावली संकलन गर्ने कार्य प्रारम्भ भएको जनाएको छ। 

प्रकाशित मिति : आश्विन ६, २०७९ बिहीबार  ८ : २२ बजे