आश्विन १५, २०७९ शनिबार | Sat Oct 1 2022

स्कटल्यान्ड ३-० ले विजयी



काठमाडौँ – स्कटल्यान्ड ३–० ले विजयी भएको छ । बुधबार राति भएको खेलमा लेन्डन डेकेसले घरेलु टोलीको जितमा दुई गोल गरेका थिए ।

पराजित हुँदा युक्रेनले युइएफए नेसन्स लिगमा पहिलो हार बेहोरेको छ । स्कटल्यान्डको जितमा जोन म्याक्जिनले एक गोल थप गरेका हुन्।

खेलको ७०औँ मिनेटमा जोन स्कटल्यान्डलाई १–० को अग्रता दिलाए । ८०औँ मिनेटमा डेकेसले दोब्बर अग्रता बनाए । ८७औँ मिनेटमा डेकेसले तेस्रो गोल गरे ।

हारसंगै समूह बी को ग्रुप १ मा युक्रेन ४ खेलमा ७ अंक जोडेर दोस्रो स्थानमा छ । स्कटल्यान्ड चार खेलबाट ९ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ ।

प्रकाशित मिति : आश्विन ६, २०७९ बिहीबार  ७ : ५० बजे