आश्विन १५, २०७९ शनिबार | Sat Oct 1 2022

राष्ट्रपतिको कदमविरुद्ध सत्ता गठबन्धन सडकमा जाने



काठमाडौँ – सत्ता गठबन्धनका युवा संघसंगठनले माइतीघरमा र्‍याली गर्ने भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीको पछिल्लो कदमविरुद्ध सडकमा उत्रिएका हुन् । 

राष्ट्रपति भण्डारीले तोकिएको समयसीमा १५ दिनसम्म नागरिकता विधेयक प्रमाणीकरण नगरेर निस्क्रिय पारिदिएपछि गठबन्धनको बैठकले ‘राष्ट्रपतिले संविधानको उल्लंघन गरेको’ निष्कर्ष निकालेको थियो ।

संयुक्त युवा संगठनको बुधबारको बैठकले नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपतिले गैरसंवैधानिक कदम चालेको ठहर गरेको छ ।  राष्ट्रपतिको कदमविरुद्ध आज दिउँसो २ बजे माइतीघर मण्डलामा विरोध र्‍याली गर्ने भएको छ ।

यसअघि बुधबार एमाले निकट अनेरास्ववियु र राष्ट्रिय युवासंघ नेपालले राष्ट्रपतिको समर्थन गरेका छन् भने सत्ता गठबन्धनका दलका भातृ संगठनहरुले राष्ट्रपति भण्डारीको पुत्लासमेत जलाएका थिए । 

 

प्रकाशित मिति : आश्विन ६, २०७९ बिहीबार  ७ : ४१ बजे