आश्विन १५, २०७९ शनिबार | Sun Oct 2 2022

बच्चालाई जन्मेको कति समयभित्र पहिलो स्तनपान गराउने ?



१.    बच्चा जन्मिएको २० देखि ३० मिनेटभित्र शिशुको स्तनपान गर्ने इच्छा चरम अवस्थामा हुन्छ । ४० मिनेटभित्र उक्त इच्छा पूर्ण रुपमा मरि सक्छ । त्यसैले ३० मिनेट भित्रै शिशुको मुख आमाको स्तनमा राखिदिनुपर्छ । यस्तो अवस्थामा बच्चाले सजिलै स्तनपान गर्छ ।

 कुनै बेला आमाको स्वास्थ्यमा औषधीको प्रभावको कारण यस्तो गर्न सकिएन भने निम्न अवस्थामा निम्न कुराहरूमा घाटा लाग्न सक्छ—

–    शुरुका केही दिनमा शिशुको वजनमा आउने कमीमा न्यूनता आउने समस्या समयमै स्तनपान गराउँदा कम हुन्छ ।

–    समयमै स्तनपान गराउँदा जन्डिसको खतरा कम हुन्छ । ( यस अवधिमा स्तनपान गराउँदा मेकोनियमको प्रभावलाई हल्का गरिदिन्छ र जन्डिस उत्पन्न हुने पिग्मेंट रगतमा जम्मा हुन पाउँदैन ।) यदि जन्डिस भइहाले पनि मेकोनियमको निकासको कारण यसको प्रभाव निकै कम हुन्छ ।

–    एक शोधअनुसार विकासशील देशहरूमा आमाको दूधमा मात्रै आश्रित शिशुको तुलनामा अन्य शिशुहरूलाई डायरिया हुने सम्भावना १४ गुणा बढी हुन्छ । श्वाससम्बन्धी समस्या हुने सम्भावना ४ गुणा बढी हुन्छ । अन्य सङ्क्रमणको कारण शिशुको मृत्यु हुने सम्भावना पनि २.५ गुणा बढी हुन्छ ।

 

साभार  ः ‘स्वास्थ्य विज्ञान’ पुस्तकबाट

 

प्रकाशित मिति : आश्विन ६, २०७९ बिहीबार  ६ : ५१ बजे