आश्विन १५, २०७९ शनिबार | Sat Oct 1 2022

अनौठो कम्पनीः जहाँ कर्मचारी आफैले आफ्नो तबल तोक्न र बढाउँन पाउँछन्



काठमाडाैँ – तलब, अर्थात श्रम गरे बापत पाउने पारिश्रमिक जुन संस्थामा काम गर्ने त्यसको नियमानुसार हुने गर्दछ । कर्मचारीलाई प्रदान गरिने तलब कुनै पनि संस्था, कम्पनी वा कार्यालयले नै तोक्ने गर्दछन् । तर विश्वमा एउटा यस्तो संस्था छ जहाँ काम गर्ने कर्मचारीले आफ्नो तलब आफै तोक्न र बढाउन पाउँछन् ।

तपाई हामी सबैले कार्यालयले तोकेको तलबमा नै काम गर्दै आएका छौ । किनकी कर्मचारी वा कामदारलाई आफ्नो तलब आफैं तोक्ने अधिकार हुँदैन । बरु तलब भत्ताका विषयमा केही आपसी समझदारी हुनसक्छ । तर विश्वमा एउटा यस्तो संस्था पनि छ, जहाँ काम गर्ने कर्मचारीले आफैले आफ्नो तलब तोक्ने गर्दछन् । यतिमात्र होइन, मनलागेमा आफ्नो तलब आफैं बढाउन पनि सक्छन् ।

बेलायतको राजधानी लण्डनस्थित ग्रान्ट ट्री लिमिटेड नामक संस्थामा कार्यरत कर्मचारीले आफ्नो तलब आफै तोक्न पाउँछन् । ग्रान्ट ट्री विभिन्न व्यावसायिक फर्मलाई सरकारी कोष दिलाउन सहयोग गर्ने संस्था हो । तर तलब बढाउन ग्रान्टमा एक खास नियम छ । नियममा कुनै पनि कर्मचारीले तलब बढाउन सहकर्मीको सर्मथन पनि जुटाउनु पर्ने हुन्छ । सहकर्मीले सर्मथन गरिदिँदा हरेक कर्मचारीले आफ्नो तलब बढाउन वा तोक्न पाउने स्वतन्त्रता छ ।

 

प्रकाशित मिति : आश्विन ६, २०७९ बिहीबार  ६ : ३० बजे