आश्विन १५, २०७९ शनिबार | Sun Oct 2 2022

अगरबत्ती वा धुप जलाउँदा पाइन्छ यति धेरै फाइदा



अगरबत्ती बाल्दा त्यसबाट सुगन्ध फैलन्छ । त्यसैले घरको पूजा कोठादेखि मन्दिरसम्म अगरबत्ती बालिन्छ । तर अक्सर धार्मिक अनुष्ठानमा किन अगरबत्ती प्रयोग गरिन्छ ? यसबाट उत्पन्न हुने सुगन्धको अर्थ के छ ? तपाईंलाई थाहा छ ? जवाफ हो, धार्मिक मान्यता अनुसार यसले नकारात्मक उर्जा हटाएर सकारात्मक उर्जा प्रवाह गर्छ । त्यही कारण, मन्दिर, गुम्बा जहाँ पनि अगरबत्ती बालिन्छ । यस अलावा अगरबत्ती वा धुप बाल्नुका अन्य फाइदा पनि छन् ।

– चिन्ता हटाउने
धुपको सुगन्ध लिदाँ चिन्ता हट्ने धार्मिक मान्यता छ । दबाब वा तनाव महसुस गरेको बेला चन्दन वा चमेलीको सुगन्ध आउने अगरबत्ती जलाउदा यसले चिन्ता भगाउने मान्यता छ ।

– गहिरो निन्द्रा
धुपको सुगन्धले इन्द्रीयलाई शान्त गर्छ । यही कारण गहिरो निन्द्रा लाग्छ । निन्द्रा भंग हुने समस्या छ भने दालचिनीको सुगन्ध आउने अगरबत्ती जलाउँदा लाभ हुने मान्यता छ । 

– रोगबाट बच्न
धुपले वातावरणलाई किटाणु मुक्त बनाउने विश्वास गरिन्छ । यसरी हानिकारक कीटाणु मारेर वातावरण शुद्ध बनाउने र रोग लाग्नबाट समेत जोगाउने विश्वास गरिन्छ

– टाउको दुख्ने समस्यामा लाभ
टाउको दुख्दा, दुखाइ कम गर्ने औषधि सेवन गरिन्छ । यस्तो बेला टाउको दुखाइबाट राहत पाउन धुपको सुगन्ध उपयोगी हुनसक्छ ।

स्वयम्मा उत्प्रेरणा जगाउन
यदि कुनै कुरामा हतोत्साही हुनुभएको छ भने कागती वा सुन्तलाको सुगन्धयुक्त अगरबत्ती जलाउँदा तपाईँमा सकारात्मक भाव जाग्नेछ

– अगरबत्तीको हानी
अगरबत्ती जलाउँदा यसको फाइदा त छ नै तर, बेफाइदा पनि छ । सुगन्धित अगरबत्तीको उपयोगमा सावधान रहनु पर्दछ । कहिलेकाहीँ अगरबत्तीको धुँवाले चुरोटले भन्दा बढी हानी गर्न सक्छ । यसले कार्बन डाईअक्साइड, कार्बन मोनोअक्साइड, नाइट्रोजन डाईअक्साइडसल्फर डाईअक्साइड पैदा गर्छ, जुन शरीरको लागि हानिकारक हुन्छ ।

प्रकाशित मिति : आश्विन ६, २०७९ बिहीबार  ६ : १३ बजे