आश्विन १५, २०७९ शनिबार | Sat Oct 1 2022

राष्ट्रपतिको कदमको युवा संघद्वारा स्वागत (फाेटाेफिचर)



काठमाडौँ – नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालले राष्ट्रपति विद्यादेवी भण्डारीको पछिल्लो कदमको स्वागत गरेको छ । बानेश्वरमा युवासंघका नेता तथा कार्यकर्ताले राष्ट्रपतिको कदमलाई स्वागत गर्नुका साथै धन्यवाद दिएका छन् ।

 

नागरिकता विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरेपछि आलोचना पनि भइरहेका बेला युवासंघले भने स्वागत गरेको हो । नेकपा एमालेले राष्ट्रपतिको कदमका बारेमा आधिकारिक धारणा सार्वजनिक नगरे पनि युवा संघ र अनेरास्ववियुले राष्ट्रपतिको कार्यको स्वागत गरेका छन् । युवासंघ र अनेरास्ववियु नेकपा एमालेको भातृ संगठन भएका कारण एमालेले पनि राष्ट्रपतिको कदमको स्वागत गरेको धेरैको बुझाइ छ ।

 

राष्ट्रपति भण्डारीले दोस्रो पटक प्रमाणीकरणका लागि प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भएको गएको नागरिकता विधेयक प्रमाणीकरण नगरेरै १५ दिनको समय पुरा भएपछि विधेयक निस्कृय भएको छ ।

प्रकाशित मिति : आश्विन ५, २०७९ बुधबार  २ : ५७ बजे