आश्विन १५, २०७९ शनिबार | Sat Oct 1 2022

भारतीय हास्य कलाकार राजु श्रीवास्तवको निधन



काठमाडौं–भारतका चर्चित हास्य कलाकार राजु श्रीवास्तवको निधन भएको छ ।
दिल्लीस्थित एम्स अस्पतालमा उनको ५८ वर्षको उमेरमा बुधबार निधन भएको हो ।
श्रीवास्तवलाई १० अगस्टमा हृदयघात भएको थियो । त्यसयता उनी एम्स अस्पतालमा उपचाररत थिए । लामो समय भेन्टिलेटरमा रहेपछि बुधबार उनले अन्तिम सास फेरेका हुन् । श्रीवास्तव ट्रेड मिलमा दौडिरहेका बेला छातीमा दुखाई हुँदा ढलेका थिए । राजु श्रीवास्तव उत्तर प्रदेश फिल्म विकास परिषद्का अध्यक्ष थिए । उनले ‘मैने प्यार किया’, ‘बाजीगर’ र ‘आमदनी अठन्नी खर्चा रुपैयाँ’ जस्ता चलचित्रमा पनि सानो भूमिकामा देखिएका थिए ।

स्ट्यान्डअप कमेडियन श्रीवास्तव हरेक परिस्थितिलाई जोक्स र कमिक्स बनाइ सही समयमा दर्शक हँसाउन सक्ने कलाकार थिए । सन् २००५ को कमेडी सो ‘द ग्रेट इन्डियन लाफ्टर च्यालेन्ज’को पहिलो सिजनबाटै उनले ख्याति कमाए । त्यस्तै उनी ‘बिग बोस’को तेस्रो संस्करणमा समेत सहभागी भएका थिए ।

 

प्रकाशित मिति : आश्विन ५, २०७९ बुधबार  ११ : २३ बजे