आश्विन १५, २०७९ शनिबार | Sat Oct 1 2022

‘म जति चिया पनि खान सक्छु’ भन्नेहरू सावधान, धेरै चिया खाँदा हुन्छ यस्तो समस्या



काठमाडाैँ – घरमा आएका पाहुनाको सत्कारका लागी होस् वा साथीभाईसँग भेटघाट हुँदा, गफसँगै धेरै नेपाली चियाको चुस्की लिने गर्दछन् । अझ आधिकांश नेपालीको दैनिकी त चियाबाट नै सुरुवात हुन्छ । तर चियाको अत्यधिक सेवन स्वास्थ्यका लागी भने हानिकारक हुनसक्छ । साथै खाली पेटमा चिया पिउँदा यसले शरीरमा गम्भीर असर समेत पुर्‍याउन सक्छ ।

चिया सेवन गर्दा हुने हानी निम्न छन् :

– खाली पेटमा दूध चियाको सेवनले शरीरमा असर पुर्याउँछ । खाली पेट दूध चिया पिएमा दिनभर शरीरमा थकान हुने तथा मुख अमिलो हुन्छ । जसले पेटको समस्या निम्त्याउँछ ।

– केही मानिस दूध चियाले असर गर्ने भन्दै कालो चिया सेवन गर्छन् । तर कालो चियामा हुने पत्तिको मात्राले पाचनप्रणाली सहित पेटमा असर पार्न सक्छ । त्यसैले चिया सेवन गर्नुभन्दा पहिले अनिवार्य केही गिलास पानी पिउनु उत्तम हुन्छ ।

– खानापछि चिया पिउने मानिसको शरीरमा भएको पोषण तत्त्वलाई चियाले नष्ट पार्छ । तसर्थ खाना खाए लगत्तै चिया पिउने बानी छ भने यसलाई आजैबाट त्याग्नुहोस् । 

केही मानिस दिनहुँ अत्यधिक चियाको सेवन गर्दछन् । दैनिक ४ कपभन्दा बढि चिया पिउने मानिसमा घाँटिको क्यान्सरको खतरा हुन्छ । तसर्थ अत्यधिक चिया सेवन गर्ने बानी हुनेले चियाको मात्रा बिस्तारै घटाउँदै लानुपर्छ । अन्यथा यसले शरीरमा रोग भित्रने गर्दछ ।

– चियाको सबैभन्दा ठुलो कमजोरी भनेको चियाले एसिडको मात्रा बढाउने गर्दछ । लगातार चिया सेवन गर्ने मानिसको शरीरमा ग्यास्ट्रिक तथा अल्सरको समस्या देखापर्ने हुन्छ । तसर्थ अत्यधिक चियाको सेवन गर्नु निकै घातक मानिन्छ ।

 

प्रकाशित मिति : आश्विन ५, २०७९ बुधबार  ८ : ०० बजे