आश्विन १५, २०७९ शनिबार | Sat Oct 1 2022

कसरी बस्ने एकादशीको व्रत ? के के गर्नुपर्छ ?



काठमाडाैँ – पञ्चाङ्गको एघारौँ तिथिलाई एकादशी भनिन्छ । पूर्णिमापछि र औँसीपछि एकादशी महिनाको दुई पटक आउँछ । पूर्णिमा पछिको एकादशीलाई कृष्ण पक्ष एकादशी र औँसीपछिको एकादशीलाई शुक्ल पक्ष एकादशी भनिन्छ । आज आश्विन कृष्णपक्षको एकादशी अर्थात इन्दिरा एकादशी ।

धार्मिक शास्त्रअनुसार विश्वको सबैभन्दा महत्वपूर्ण र शुभ फलदायी व्रत भनेको एकादशी व्रत हो । एकादशीको व्रत गर्नाले सबै दुखः कष्ट हट्ने साथै शुभ फल प्राप्तिको संयोग बन्ने धार्मिक विश्वास छ । एकादशी व्रतमा शुद्ध रूपमा जलीय आहार मात्र ग्रहण गर्नुपर्ने मान्यता छ । सकेसम्म निर्जल रहेमा एकादशी व्रतले अद्भुत लाभ दिने विश्वास गरिन्छ

एकादशीका दिन आफ्नो इष्टदेव वा विष्णु र शिव भगवानको आराधना गर्नुपर्दछ । एकादशीका दिन चारै प्रहर आराधना गर्न सके मनोवाञ्छित फल प्राप्त हुन्छ । व्रतको साँझमा कागती र चिनी घोलेर बनाइएको सर्बत पिएर बस्न सकिन्छ । एकादशीको दिन व्रत सकी भोलिपल्ट बिहानमात्र भोजन गर्नुपर्ने मान्यता छ । भोजन गर्नपूर्व गरिबलाई धन वा भोजन दान गर्नुपर्छ । यस बाहेक एकादशीको व्रत, विधि स्थानीय ब्राम्हणबाट जानकारी लिन पनि सकिन्छ ।

प्रकाशित मिति : आश्विन ५, २०७९ बुधबार  ७ : ०८ बजे