आश्विन १५, २०७९ शनिबार | Sat Oct 1 2022

वास्तुशास्त्र अनुसारको भान्छा !



काठमाडाैँ- भान्छाको लागि दक्षिण-पूर्वी (आग्नेय) कुना सर्वश्रेष्ठ हुन्छ । खाना पकाउने स्ल्याब भान्छाको पूर्वी भित्तातर्फ हुनुपर्छ, किनभने भान्छाको दक्षिण-पूर्वी किनारमा पूर्वतर्फ फर्केर खाना पकाउनाले राम्रो परिणाम प्राप्त गर्न सकिन्छ ।

भान्छाको उत्तरी भित्तातर्फ यस स्ल्याबमा बढाउँन सकिन्छ, तर यसले भित्ताको स्पर्श गरेको हुनु हुँदैन । घरमा प्रवेश गर्ने ठाउँ पूर्व र दक्षिणतर्फ भएमा स्पष्ट कारणहरूले गर्दा भान्छालाई दक्षिण-पूर्वी कुनामा बनाउन कठिन हुन्छ । यस्तो स्थितिमा भान्छा उत्तर-पश्चिम कुनामा बनाउन सकिन्छ ।

यस स्थितिमा पनि स्ल्याब उत्तरको भित्तालाई छोएको हुनु हुँदैन र भान्छाको दक्षिणपूर्वी किनारमा पूर्वतर्फ फर्केर मात्र खाना पकाउनु पर्छ । भान्छा घरबाहिर पश्चिमतर्फ भएमा त्यो त्यो उत्तर-पश्चिम कुनामा हुनुपर्छ र भान्छाको भुइँको स्तर घरको स्तरभन्दा केही अग्लो हुनुपर्छ ।

निर्माण स्थलमा उत्तरबाट प्रवेश, विशेष रूपले उत्तर-पूर्वी किनाराबाट प्रवेश, जसमा भान्छा दक्षिणपूर्वमा होस्, सर्वोत्तम हुन्छ । यदि प्रवेश उत्तर वा पश्चिमबाट भएमा भान्छा दक्षिण-पूर्वी कुनामा बनाउन सकिन्छ । कुनै पनि अवस्थामा भान्छा घर वा भूखण्डको उत्तर-पूर्वी कुनामा हुनु हुँदैन । यदि कसैले यस्तो गर्ने प्रयास गर्छ भने त्यो जीवनको हरेक क्षेत्रमा आफैलाई जलाउनु समान हुनेछ ।

यदि भान्छामा स्ल्याब बनाउने आवश्यकता भएमा त्यो पश्चिमी र दक्षिणी भित्तामा हुनुपर्छ, उत्तरी तथा पूर्वी भित्तामा होइन । आवश्यकता नै परेमा उत्तरी र पूर्वी भित्तामा मात्र नभएर भित्ताको चारैतिर स्ल्याब बनाउन सकिन्छ । भान्छामा भाँडा माझ्ने ठाउँ (सिन्क) उत्तर-पूर्वी कुनामा हुनु हुँदैन, खाने पानी उत्तर-पूर्वी कुनाबाट आउनुपर्छ । पानीको निकासको प्रवाह उत्तर-पूर्वबाट भएमा राम्रो हुन्छ ।


साभारः ‘नव सफलता शास्त्र’ पुस्तकबाट

प्रकाशित मिति : आश्विन ५, २०७९ बुधबार  ६ : १७ बजे