आश्विन १५, २०७९ शनिबार | Sat Oct 1 2022

जसलाई सबैले युवती मान्छन तर उनी हुन् ३ नातिनातीनाकी ५२ बर्षिया हजुरआमा



सामान्यता मानिसको उमेर बढेसंगै अनुहार चाउरी पर्न थाल्छ र फिटनेस पनि बिग्रन्छ ।

मानिस ४० बर्ष लागेपछि उनीहरुमा बुढ्यौली देखा पर्न थाल्छ । तर केहिको हकमा भने यो कुरा लागु हुदैँन । तस्वीरमा जुन युवती देखिरहनु भएको छ खासमा उनी युवती होइनन् ।

पत्याउनु हुन्न होला उनी ५२ बर्षिया महिला, जीना स्टीवर्ट हुन् ।

अष्ट्रेलिया निवासी जीना स्टीवर्टलाई हेर्दा उनी ५२ बर्षकी अधवैंशे महिला होलिन् भनेर कसैले अनुमानसम्म गर्न सक्दैनन् । तर उनको खास उमेर नै ५२ बर्ष हो ।

उनी आफ्नो फिटनेशका कारण यति जवान देखिएको दाबा गर्छिन् । जीना १९ बर्षको उमेरमा आमा बनेकि थिइन् । उनका ३ सन्तान छन् । यतिमात्र कहाँ हो र उनको एक छोरीको ८ बर्षकी छोरी समेत छिन् ।

जीनाका तिन नाति नातिना छन् । अर्थात उनी हजुरआमा बनिसकेकि छिन् । जीना २० सेटेम्बरबाट अर्थात भोलीबाट ५२ बर्ष लाग्दैछिन् ।

तर उनको तस्वीर हेरेर भने जो कोहिले उनको उमेर पत्याउन सक्दैन । जीना फिटनेश कायम राख्न अर्गानिक फलफूल खान्छिन् । यस अलावा उनी कुनै पनि बाहिर बजारको खाना, प्याकेट बन्द खाना खादिँनन् ।

प्रकाशित मिति : आश्विन ३, २०७९ सोमबार  ६ : ४५ बजे