आश्विन १५, २०७९ शनिबार | Sat Oct 1 2022

सेनाले खुलायो २२९ अधिकृत क्याडेट पदका लागि दरखास्त (सूचनासहित)



काठमाडौं । नेपाली सेनाले अधिकृत क्याडेट पदका लागि दरखास्त आह्वान गरेको छ । नेपाली सेना भर्ना छनोट निर्देशनालयले अधिकृत क्याडेट पदका लागि दरखास्त माग गरेको हो ।

आजदेखि असोज २९ गतेसम्म आवेदन दिन सकिने सार्वजनिक सूचनामा उल्लेख छ । खुला तथा समावेशी प्रतिस्पर्धाबाट २२९ पदका लागि आवेदन आह्वान गरिएको छ । नेपाली सेनाका सन्तती ११, महिला २२, आदिवासी जनजाती ३०, मधेसी २८, दलित १४, पिछडिएको क्षेत्र ७ र बाँकी ११७ खुलाका लागि आवेदन आह्वान गरिएको हो ।

योग्यता पुगेका नेपाली नागरिकले नेपाली सेनाको आधिकारिक वेबसाइटबाट अनलाइन दरखास्त फाराम भरी सो को प्रिन्ट–आउटसहित स्वयम् उपस्थित भई तोकिएको भर्ना केन्द्रमा दरखास्त पेस गर्नुपर्नेछ ।

army

प्रकाशित मिति : भाद्र ३१, २०७९ शुक्रबार  ८ : २० बजे