आश्विन १५, २०७९ शनिबार | Sat Oct 1 2022

जहाँ मृत्युअघि मृत्युको अनुभव गरिन्छ



हरेक मानिस लामो समयसम्म बाँच्न चाहन्छन् । मानिसले जीवन जिउन अनेकौं संघर्ष गर्छन् । सकेसम्म आफूलाई जिवित राख्न मानिसले कैयौं कष्टहरूको सामना गर्नुपर्ने हुन्छ । केही अपवादबाहेक हरेक मानिस मर्न चाहँदैनन् । त्यसैले बाँच्नका लागि सकेसम्म मानिस जे गर्न पनि तयार हुन्छ । तर यो संसारमा केही यस्ता मानिस पनि छन्, जो मृत्युअघि नै मरेको अनुभव गर्न चाहन्छन् ।

दक्षिण कोरियामा जीवन बुझ्न भन्दै वर्षेनी हजारौ मानिस आफ्नो मृत्युअघि मृत्युको अनुभव गर्ने गर्दछन् । यी मानिसहरू जीवित छँदै मृत्युको अनुभव गर्न आफ्नो अन्त्येष्टिको अभ्यास गर्छन् भन्दा पत्याउन गाह्रो होला । तर उनीहरू मर्नु अगावै मृत्युको अनुभव गर्दै आएका छन् ।

खासमा मृत्युअघि मरेको अनुभव लिन दक्षिण कोरियामा मानिसहरू १० मिनेटसम्म शव राख्ने बाकस (कफन)मा सुत्दछन् । त्यस अवधिमा मानिसको अन्त्येष्टिमा गरिने सबै प्रक्रियाहरू पूरा गरिन्छ । यस प्रक्रियालाई ‘लिभिङ फ्युनरल’ अर्थात जीवन छँदै अन्त्येष्टि भन्ने गरिन्छ ।

ह्याभोन नामक कम्पनीले सन् २०१२ बाट जीवित मानिसले मृत्युको अनुभव लिन सक्ने यस तरिकाको सुरुवात गर्याे । जसमा हरेक वर्ष २५ हजार मानिस मृत्युको अनुभव लिइरहेका छन् ।

प्रकाशित मिति : भाद्र ३१, २०७९ शुक्रबार  ९ : ०७ बजे