आश्विन १५, २०७९ शनिबार | Sat Oct 1 2022

पासोमा परेको चितुवाको पेटबाट दुईटा बच्चा जीवितै निकालियो



बैतडी – बैतडीमा पासोमा परेको गर्भवती चितुवाको मृत्यु भएपछि दुईवटा बच्चा निकालिएको छ । दशरथचन्द नगरपालिका-४ बिनासौंमा किसानहरूले बँदेलका लागि थापेको पासोमा चितुवा परेको थियो । उद्धारको क्रममा चितुवा मरेको भेटनरी अस्पताल तथा पशु सेवा केन्द्रका विशाल पाठकले जानकारी दिए ।

उद्धार गरी भेटनरी अस्पताल लैजाँदै गर्दा चितुवा मरेको थियो । चितुवा मरेपछि पोस्टमार्टम गर्दा उक्त चितुवाको पेटमा दुईटा बच्चा रहेको पाइएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

चितुवाको बच्चा भेटनरी अस्पताल बैतडीमा हेरचाह र रेखदेखका लागि राखिएको छ । मरेको चितुवा बैतडीका सबै सुरक्षा निकाय, जिल्ला वन कार्यालय र स्थानीय सरोकारवालाको रोहबरमा गाडिएको छ ।

प्रकाशित मिति : भाद्र १, २०७९ बुधबार  ९ : ५१ बजे