आश्विन १०, २०७९ सोमबार | Mon Sep 26 2022

हिमानी शाह बिरामी, अस्पताल भर्ना



काठमाडौं – पूर्व युवराज्ञी हिमानी शाह बिरामी परेकी छन् । घाँटी दुख्ने समस्या भएपछि हिमानी मेडिसिटी अस्पतालमा भर्ना भएकी छिन् ।

गत २४ साउनमा हिमानी ट्रष्टको कार्यक्रममा लागि अस्ट्रेलिया गएकी उनलाई सञ्चो नभएपछि बुधबार नेपाल फर्किएकी हुन् । स्वास्थ्यमा थप सुधार नभएपछि उनी बुधबार मेडिसिटी अस्पतालको इएनटी डिपार्टमेन्टमा भर्ना भएको पूर्वराजा ज्ञानेन्द्र शाहका स्वकीय सचिव फणिराज पाठकले जानकारी दिएका छन् ।

प्रकाशित मिति : भाद्र १, २०७९ बुधबार  ८ : ५९ बजे