आश्विन १०, २०७९ सोमबार | Mon Sep 26 2022

पाँच दिनपछि बोल्न थाले रुस्दी



न्युयोर्क– गत साता न्युयोर्क राज्यमा एक कार्यक्रममा छुरा प्रहारमा गम्भीर घाइते भएका बेलायती लेखक सलमान रुस्दी पाँच दिनपछि बोल्न थालेका छन् । रुस्दीले अनुसन्धानकर्ताहरूसँगको कुराकानी गरेका छन् । गत शुक्रबार न्युयोर्क राज्यको चौताउवा इन्स्टिच्युसनको स्टेजमा छुरा प्रहार भएपछि रुस्दी अहिले अस्पतालमा उपचाररत छन् ।

कार्यक्रममको स्टेजमा पुगेर आक्रमणकारीले ७५ वर्षीय रुस्दीलाई हमला गरेका थिए । गम्भीर घाइते रुस्दीलाई आक्रमणकारीले शरीरका विभिन्न भागमा छुरा प्रहार गरेका थिए । उनको शल्यक्रिया भएको थियो ।

प्रकाशित मिति : भाद्र १, २०७९ बुधबार  ११ : ५२ बजे