आश्विन ९, २०७९ आइतबार | Mon Sep 26 2022

जागिर पाउनु भएन वा जागिरमा समस्या भयो ? राशि अनुसार यी काम गर्नुहोस्



– मेष राशि
मेष राशीका जातकको व्यवसाय शुक्रमा निर्भर हुन्छ, त्यसैले सेतो कपडा र स्फटिकको माला धारण गरे वा शुक्रवार माता लक्ष्मीको आराधना गरे यो समस्या हट्नेछ ।

– वृष राशि
बृष राशीका जातकलाई बुधले सफलता दिने गर्दछ । हरेक बिहान गणेशको आराधना गरी दुबो अर्पण गरे वा बिहानबेलुका हनुमान चालीसा पाठ गरे लाभ मिल्नेछ ।

– मिथुन राशि
मिथुन राशीका जातकको व्यवसाय शुक्र र बृहस्पतिमा निर्भर हुन्छ । नियमित रुपमा बिहान सूर्यलाई शुद्ध जलमा बेसार मिसाएर अर्पण गरेमा जागिरको समस्या समाधान हुन्छ ।

– कर्कट राशि
कर्कट राशीका ब्यक्तिको व्यवसाय शनिमा निर्भर हुन्छ । नियमित शनि चालीसा पाठ गरी हरेक शनिबार पीपलको फेदमा दीपदान गरेमा जागिरमा आएको व्यवधान हटेर जान्छ ।

– सिंह राशि
सिंह राशीका जातकको व्यवसाय शनि र मंगलमा निर्भर हुन्छ । नित्य हनुमानको श्रद्धापूर्वक उपासना गर्ने र हरेक शनिवार कालो चना दान गर्नाले जागिरको उल्झन हट्ने छ ।

– कन्या राशि
कन्या राशीका जातकको व्यवसाय बुध र बृहस्पतिमा निर्भर हुन्छ । त्यसैले जागिरमा आएको समस्या हटाउन नियमित पहेँलो फुलले गणेशको आराधना गरी गणेश मन्त्र जप गर्नुपर्दछ ।

– तुला राशि
तुला राशीका जातकको व्यवसाय शनि र मंगलमा निर्भर हुन्छ । नियमित बिहान र साँझ शनि मन्त्रको जप गर्ने र रातो कपडाले नरिवल बाधि जागिर वा व्यवसाय स्थानमा राखे समस्या हट्नेछ ।

– वृश्चिक राशि
वृश्चिक राशीका जातकको व्यवसाय शुक्रमा निर्भर हुन्छ । व्यवसाय स्थलमा सेतो गणेश र लक्ष्मीको मुर्ती स्थापना गरी नित्य बिहान विधिवत पूजा गर्नाले जागिरको समस्या हट्नेछ ।

– धनु राशि
धनु राशीका जातकको व्यवसाय मंगल र बुधमा निर्भर हुन्छ । नियमित रूपमा हनुमानको उपासना गर्ने र बुधवार हरीयो फल वा तरकारी दान गर्नाले जागिरको समस्या हट्नेछ ।

– मकर राशि
मकर राशीको व्यवसाय शुक्र र चन्द्रमा निर्भर हुन्छ । व्यवसाय स्थानमा भगवान शिवको स्थापना गरी बिहान 
नित्य सेतो फुलले पुजा गर्दा जागिरको व्यवधान घटेर जान्छ ।

– कुम्भ राशि
कुम्भ राशीका जातकको व्यवसाय सूर्य र शुक्रमा निर्भर हुन्छ । व्यवसाय स्थलमा तामाका भाडामा पानी राख्नाले र हरेक बिहान साँझ श्रीसूक्तमको पाठ गरे जागिरको समस्या हट्छ । 

– मीन राशि
मीन राशीका जातकको व्यवसाय चन्द्र तथा बुधमा निर्भर हुन्छ । नियमित बिहान शिवलाई दुबो र जल अर्पण गरी १०८ पटक शिव मन्त्र उच्चारण गरेमा जागिरमा सफलता पाइनेछ ।

नोट : यी सबै कुराहरू धार्मिक मान्यता र विश्वासमा आधारित हुन् । यसमा कुनै वैज्ञानिक तर्क छैन । तथापि धार्मिक आस्थावान कतिपय यसलाई विश्वास गर्छन् ।

 

प्रकाशित मिति : भाद्र १, २०७९ बुधबार  ८ : २१ बजे