आश्विन ९, २०७९ आइतबार | Mon Sep 26 2022

दाँत उम्रने बेलाका बच्चाको ख्याल कसरी गर्ने ?



साना बालबालिकामा दाँत आउँदा कोहि कोहि बिरामी पर्ने गर्दछन् । यो बेला साना बालबालिकामा निकै समस्या देखापर्छ । त्यसैले पनि बच्चाको दाँत उम्रन थालेपछि त्यसको सहि हेरचाह गर्नुपर्छ । यसकालागी निम्न कुरामा ध्यान दिनु पर्दछ ।

स्तनपान गराइरहने
दाँत निस्कँदा बच्चाले वान्ता गर्ने, पखला गर्ने हुन्छ । यसले उसको शरीरमा पानीको मात्रा अपुग हुनसक्छ । त्यसैले झोलयुक्त पदार्थ ख्वाउने र बच्चालाई स्तनपान गराइरहनु पर्छ ।

गिजाको मसाज
स्तनपान गराइसकेपछि सफा औंला, मुलायम एवं ओसिलो कपडाले गिजाको मसाज गरिदिए बच्चाको मुखबाट दुर्गन्ध आउँदैन साथै दुखाईमा पनि राहत पुग्छ ।

शितल भोजन
शितल भोजनले पनि दाँत उम्रने बेलामा हुने दुखाईबाट बच्चालाई राहत मिल्छ । यो बेला बच्चालाई शीतल खानेकुरा चपाउन दिनुपर्छ ।

मखमलको खेलौना
दाँत उम्रने बेलाका बच्चालाई गिजामा खेलाउन मखमलको खेलौना दिनु उत्तम हुन्छ । यसले पनि दाँत उम्रने बेला हुने पीडा कम गर्छ ।

दाँत आएपछिको स्याहार
– बच्चाको दाँतलाई एकदमै नरम बेबी ब्रसले दिनमा दुई पटक ब्रस गरिदिनुपर्छ ।
– बच्चालाई दाँत माझ्न फ्लोराइडयुक्त पेस्ट प्रयोग गर्नुपर्छ । यसले दाँतमा क्याबिटी हुदँैन ।
– बच्चाको दाँतको नियमित हेरचाहको लागि चिकित्सककहाँ पुर्‍याउनुपर्छ ।
– बच्चालाई निश्चित समयमा खाना ख्वाउने गर्नुपर्छ ।
– बच्चाको आहारमा फाइबरको मात्रा भरपुर हुनुपर्छ ।

 

प्रकाशित मिति : भाद्र १, २०७९ बुधबार  ७ : ०७ बजे