आश्विन १५, २०७९ शनिबार | Sat Oct 1 2022

किन हुन्छ युरिक एसिड ? लक्षण र उपचार विधिसहित



गलत खानपान र जीवनशैलीका कारण कतिपय अवस्थामा शरीरमा युरिक एसिड हुने गर्दछ । हुनत युरिक एसिड शरीरकालागि आवश्यक छ । तर रगतमा युरिक एसिडको मात्रा ३–७ मिलिग्राम प्रतिलिटर भए मात्र त्यसलाई सामान्य मानिन्छ । सात मिलिग्रामभन्दा बढी युरिक एसिड भएमा त्यसलाई हाइपर युरिसेमिया मानिन्छ ।

युरिक एसिडका लक्षण
– जोर्नी दुख्ने तथा सुन्निने युरिक एसिडका मुख्य लक्षण हुन् । यसरी जोर्नी दुख्नुमा जोर्नी वरपरका मासु र कार्टिलेजमा युरिक एसिड जम्मा हुनु थाल्नु हो । ढाड दुख्ने, शरीरका जोर्नीहरु दुख्ने, जाम हुने तथा हातखुट्टा झमझमाउने अवस्थालाई मात्र युरिक एसिड भएको मानिदैन ।

बिहान उठ्दा हातगोडाका बुढी औंला दुख्नु, सुन्निने तथा हिड्न अप्ठ्यारो हुन्छ भने त्यो युरिक एसिडको लक्षण हो । साथै कुर्कुच्चा, घुँडा, कुहिना र औंलाका जोर्नीहरुमा हुने दुखाइ पनि युरिक एसिडका लक्षण हुन् ।

उपचार
– गलत खानपानका कारण शरीरमा प्रसस्त मात्रामा पुग्ने प्रोटिन लामो समयबाट जम्मा भई युरिक एसिड बढ्छ । तसर्थ, हाम्रो दैनिक खानपानमा ध्यान दिई यसको निवारणका लागि पर्याप्त मात्रामा पानी खाने तथा झोलयुक्त खानेकुराको सेवन गर्नुपर्छ । यसरी बढि मात्रमा पानिको सेवन गर्दा पिसाबको माध्यमबाट बिस्तारै युरिक एसिड निस्केर जान्छ ।

– खानामा गेडागुडि, खसिको मासु, रातो मासु, सी फुड, च्याउ, फुलकोबि, बन्दाकोभी, पनिर तथा भिन्डी लगायतका युरिक एसिड बढाउने तत्व खानु हुदैन । साथै खानामा नियमित ५ सय ग्राम भिटामिन पुग्ने गरी ब्यवस्थापन गर्नुपर्छ । शरीरको तौल घटाउन जबर्जस्ती कसरत गरेपनि युरिक एसिडले च्याप्न सक्छ ।

– थाइराइडको समस्या, आइरनको मात्रा उच्च भए वा मदिराको सेवनले समेत युरिक एसिड बढ्छ । युरिक एसिडको मात्रा बढेमा वा स्वास्थ्यमा प्रत्यक्ष समस्या भएमा अनिवार्य चिकित्सकको सल्लाह लिनुपर्छ । तर साधारण अवस्थामा युरिक एसिड कम गर्ने औषधिको सेवन गरीहाल्नु हुदैन । बरु नियमित रुपमा युरिक एसिडको परीक्षण गराइरहनु पर्दछ ।

प्रकाशित मिति : भाद्र १, २०७९ बुधबार  ६ : ५९ बजे