आश्विन १०, २०७९ सोमबार | Mon Sep 26 2022

कट्टर मुस्लिम देश पाकिस्तान भित्र यस्तो छ चमत्कारी शिव मन्दिर



पाकिस्तान कट्टर मुस्लिम देश हो । जहाँ इस्लाम धर्म मान्नेहरुको बाहुल्यता छ । अर्थात पाकिस्तानमा ९६ दशमलव ५० प्रतिशत मानिस इस्लाम धर्म मान्दछन् । पाकिस्तानमा हिन्दु धर्मालम्बीको संख्या कम छ । तर यहि पाकिस्तानमा हिन्दु धर्मका भगवान शिवको एक चमत्कारी मन्दिर छ ।

पाकिस्तानको चकवाल गाउबाट ४० किलोमिटरको दुरीमा रहेको कटस गाँउको पहाडमा अवस्थित उक्त शिव मन्दिर लगभग ९ सय बर्ष पुरानो मानिन्छ । कटसराज नामक उक्त मन्दिर पाकिस्तानमा रहेका हिन्दुधर्मालम्बीहरुको आस्थाको प्रमुख स्थल मानिन्छ । हाल कटसराज मन्दिर भएको स्थलमा सत्ययुगमा भगवान शिब सतीदेविको मृत्यु भएपछि वैराग भएर रुदै पुगेको विश्वास गरीन्छ ।

पिता दक्षप्रजापतिको यज्ञ कुण्डमा आत्मदाह गरेकी सतीदेविको वियोग सहन गर्न नसकी भगवान शिव रुदै चौध भुवनको यात्रा गरेको पौराणिक पुस्तकमा उल्लेख छ । सोहि बेला पाकिस्तानको कटस गाउमा पुगि सतीदेविको स्मरणमा शिब रोएका थिए ।

भगवान शिवको दुई आखाबाट आँशु खसेको कारण पाकिस्तानको कटस गाउमा एक पोखरी बनेको र त्यसैको नाम कटाक्ष कुण्ड बनेको थियाे । जबकी भगवान शिव को अर्काे आखाबाट खसेको आसु भारतको राजस्थान स्थित पुष्कर तीर्थमा खसि अर्काे कुण्ड बनेको मान्यता छ ।

प्रकाशित मिति : भाद्र १, २०७९ बुधबार  ६ : २३ बजे